बंगलादेशी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को ६ महिना थप गरेको छ । बंगलादेशको गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ ।

मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउने छैनन् । मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गर्नुपर्ने पनि जनाएको छ ।

सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौँपटक हो । कोभिड महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले सन् २०२० मार्चमा अस्थायी प्रयोजनका लागि जियालाई जेलमुक्त गरिदिएको थियो ।

बंगलादेश नेसन्लिस्ट पार्टीका अध्यक्ष समेत रहेकी पूर्वप्रधानमन्त्री जिया सन् २०१८ देखि जेलमा रहेकी छन् । बंगलादेशको एक अदालतले उनीमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा ७ वर्षको जेल सजाय तोकेको थियो । 

 विपक्षी दलले भने खालेदामाथिको जेल सजाय राजनीतिक प्रेरित रहेको आरोप लगाउँदै आएका छन् । 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १४:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया