वर्ष दिनभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता

पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा दर्ता भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताए । 

उक्त मुद्दा मध्ये सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा र कम कर्णाली प्रदेशमा दर्ता भएको जानकारी ढकालले दिए । उपत्यकापछि मधेस, कोशी र लुम्बिनीमा क्रमशः धेरै अपराधका मुद्दा दर्ता भएका छन् ।

यस्तै, अपराधका घटनामध्ये सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरमा दर्ता भएको छ । दोस्रोमा सार्वजनिक हित स्वास्थ्य विपरीतका अपराध र तेस्रोमा आत्महत्या, चौथोमा लागु औषध,चोरी,जवरजस्ती करणी, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान मुद्दा, साइबर अपराध, अपहरण, हत्यालगायतका घटनाहरू धेरै भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै कर्तव्य ज्यान सम्बन्धी घटना मधेस प्रदेशमा २३ .२७ प्रतिशत भएको छ भने सबैभन्दा कम उपत्यकामा ६.५ प्रतिशत दर्ता भएको छ । नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गइरहेको प्रहरी तथ्याङ्कले देखाएको छ । एक वर्षमा ७ हजार एक सय ९४ जनाले आत्महत्या गरेका छन् । 

पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्या हुँदा कर्णालीमा सबैभन्दा कम आत्महत्याका घटना भएको ढकालले बताए ।  

‘कोशी प्रदेशमा आत्महत्याका सबैभन्दा धेरै २१ .२७ प्रतिशत घटना भएको छ भने सबभन्दा कम कर्णाली प्रदेशमा ४.२४ प्रतिशत रहेको देखिन्छ । अन्यमा मधेसमा पनि आत्महत्या गर्नेको सङ्ख्या धेरै छ, लुम्बिनी, बागमती, गण्डकी पनि छ । आत्महत्या सङ्ख्या सबैतिर बढिरहेको छ,’ प्रवक्ता ढकालले भने । 



आत्महत्या गर्ने मध्ये सबैभन्दा धेरै ८५ प्रतिशतले झुन्डिएको, १३.३४ प्रतिशतले विष सेवन गरेको र अन्यले आगो लगाएको, पानीमा हाम फालेर मृत्यु वरण गरेको विवरण प्रहरी तथ्याङ्कमा उल्लेख छन् ।   



  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १५:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया