शिवसेनामा प्रवेश गरे गोविन्दा

बलिउड सिने  जगतका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् । बिहीबार मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा गोविन्दा शिवसेनामा प्रवेश गरेका हुन् ।

यसअघि भारतीय कांग्रेसका तर्फबाट लोकसभा सदस्य रहेका गोविन्द लोकसभाको नयाँ निर्वाचनको पूर्वसन्ध्यामा शिवसेनामा सामेल भएका हुन् ।

सिने कलाकार गोविन्दा २००४ मा ‘जायन्ट किलर’को रूपमा देखापरेका थिए । कांग्रेस आईको उम्मेदवार छँदा उनले मुम्बई उत्तर लोकसभा सिटमा भाजपाका वरिष्ठ नेता रामनाइकलाई पराजित गरेका थिए।

शिन्देले ६० वर्षीय अभिनेता गोविन्दालाई आफ्नो पार्टीमा स्वागत गर्दै उनलाई समाजका सबै वर्गमा लोकप्रिय व्यक्तित्व भएको भनेर प्रशंसा गरेका थिए ।





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार २०:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया