सन्दीप लामिछानेको पहिलो सुनुवाइ चैत २३ मा

उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइको मिति तोकेको छ । बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए । 

तारिख बुझेकाले अब पहिलो सुनुवाइ चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए ।
एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए चैत २३ मा झगडिया झिकाउने आदेश हुने थियो । तर, सरकारी पक्ष पनि पुनरावलोकनका लागि गएकाले दुवै पक्षलाई एक–अर्काको पुनरावलोकन सुनाउने काम हुनेछ । त्यसपछि दुवै निवेदनलाई सँगै राखेर निरन्तर सुनुवाइ हुने उच्च अदालतले जनाएको छ ।

गत वर्ष ‘गौशाला २६’ले क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।
 
उक्त फैसलामा चित्त नबुझाएपछि सन्दीप उच्च अदालत पाटन गएका हुन् । सरकारी पक्ष पनि उनी नाबालिग नै रहेको भन्दै फैसला पुनरावलोकनका लागि गएको छ ।
 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार २१:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया