केजरीवालको मुख्यमन्त्री पद जोगियो, हिरासतको म्याद थपियो

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिइएको छ ।मदिरा नीति घोटाला प्रकरणमा गत बिहीबार उनी आफ्नै निवासबाट पक्राउ परेका थिए । 

यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि इडी (प्रवर्तन निदेशालय)ले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । 

तर अदालतले चार दिन मात्रै समय थप गरेको छ । अदालतको आदेशसँगै अब उनी अप्रिल १ सम्म को हिरासतमा रहने भएका छन् ।

केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने मागसहित परेको निवेदनलाई भने अदालतले खारेज गरिएको छ । 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार २२:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया