काठमाडौभित्रका विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाभित्रका अंग्रेजी नाम भएका निजी विद्यालयहरूले अब आफ्नो नाम परिवर्तन गरेर नेपालीमा राख्नुपर्ने भएको छ । महानगरापलिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्थाबमोजिम विद्यालयको नामाकरण गर्नसमेत सूचनामा भनिएको छ । 

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न भन्दै महानगरपालिका अन्तर्गतको शिक्षा विभागले सूचना जारी गरेको हो । 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार २२:५४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया