कोलकाताविरुद्ध पनि कोहलीको अर्धशतक पूरा

भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइर्सविरुद्ध पनि रोयल च्यालेन्जर्स बेंगलुरुका पूर्वकप्तान विराट कोहलीले अर्धशतक पूरा गरेका छन् ।

उनले ३६ बलमा तीन छक्का र दुई चौकासहित अर्धशतक पूरा गरेका हुन् । ​आइपिएल करियरमा कोहलीको यो ५२औँ अर्धशतक हो । उनले अघिल्लो खेलमा पनि अर्धशतकीय पारी खेलेका थिए । कोहलीआबद्ध बेंगलुरुले आज उत्कृष्ट सुरुवात गरेको छ ।

यो समाचार तयार पार्दासम्म घरेलु मैदानमा बेंगलुरुले १२ ओभरमा २ विकेटको क्षतिमा १ सय ४ रन बनाएको छ ।  





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार २०:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया