आठौं राष्ट्रिय खेलकुद आजदेखि सुरु

काठमाडाैं– आठौं राष्ट्रिय खेलकुद आजदेखि सुरु हुँदै छ । प्रदेश ५ को नेपालगञ्ज रंगशालामा हुने आठौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात वैशाख ५ गते हुने भए पनि ५ वटा खेल भने पूर्व निर्धारित तालिकाअनुसार बुधबारदैखि नै हुन लागेको हो ।

समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने आयाेजकले जानकारी दिएका छन् । ३ सय ७२ स्वर्ण, रजत र ५ सय ६३ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । 

बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराँते, साइक्लिङ, फेन्सिङ र गल्फ वैशाख ५ अघि नै सकिने छ ।

आठौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश छन् । खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ पहिलोपटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदै छ ।

राष्ट्रिय खेलकुदको पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक दुई वर्षको अन्तरालमा पहिलोपटक राष्ट्रिय खेलकुद हुन लागेको हो । प्रतियाेगिता भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै पटक–पटक सारिएकाे थियाे ।  





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार ८:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया