भारतमा फेरि मोदी प्रधानमन्त्री बनुन् भन्ने चाहन्छन् पाकिस्तानी प्रधानमन्त्री इमरान

एजेन्सी– भारतमा लोकसभा निर्वाचन सुरु हुँदै छ । त्यसैले अब विश्वका नेताहरुले पनि भारतीय निर्वाचनलाई चासोका साथ हेर्न थालेका छन् । यहीबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतमा फेरि भारतीय जनता पार्टी (भाजपा)को जित होस् भन्ने चाहन्छन् । 

आइतबार पत्रकारहरुसँग कुरा गर्दै भाजपाले जितेमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने र पाकिस्तानले सहजसँग वार्ता गर्न पाउने इमरानले बताएका हुन् । ‘भारतीय कांग्रेस सरकारमा आए पाकिस्तानसँगको वार्ता बिथोलिन सक्छ,’ इमरानले भने, ‘भाजपा दक्षिणपन्थी पार्टी हो र उसले जित्यो भने कश्मीरबारे वार्ता अगाडि बढ्न सक्छ । तर, अहिले पनि मोदीको भारतमा मुसलमानले आफूलाई अलग पाएका छन् ।’

अहिले भारतमा भइरहेका घटना आफूले यसअघि कहिल्यै नसोचेको पनि इमरानले बताएका छन् । ‘मोदी त बेन्यामिन नेतन्याहूजस्तै हुन्,’ इमरानले भने, ‘दुवै जना डर तथा राष्ट्रवादी भावनाको आधारमा निर्वाचन जित्न चाहन्छन् ।’





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार ९:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया