आफ्नो विवाहको घोषणा यसरी गर्नेछिन् आलिया

एजेन्सी— पछिल्लो समय बलिउडमा सबैभन्दा चर्चाको विषय बनेको छ, आलिया भट्ट र रणबीर कपुरको सम्बन्ध । यी दुवै विभिन्न कार्यक्रमहरुमा सँगै देखिएपछि यसरबो चर्चा चुलिएको हो । तर, दुवैले आफ्नो सम्बन्धबारे केही पनि बताएका छैनन् । आलियाले बम्बे टाइम्स भन्ने पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले रणबीरबारे मनमा भएको कुरा फिल्मफेयर अवार्डमा बताएको अभिव्यक्ति दिएकी छिन् । उनले भनेकी थिइन्, ‘म जहाँ छु, त्यसका लागि रणबीर धन्यवादका पात्र हुन् ।’

यतिमात्र होइन, पत्रिकालाई आलियाले आफ्नो विवाहका योजनाबारे पनि बताएकी छिन् । उनले भनेकी छिन्, ‘अहिले म विवाह गर्न चाहन्नँ । तर, जब विवाह गर्नेछु, तब बान्द्रामा म चिच्याएर नै यसको घोषणा गर्नेछु; जसबारे सबैलाई थाहा हुनेछ ।’





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार ९:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया