बालाकोट हमलाबारे मोदीको भाषणमाथि चुनाव आयोगको ध्यानाकर्षण, अधिकारीहरुसँग माग्यो रिपोर्ट

नयाँदिल्ली– बालाकोट हमलाबारे प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यमाथि ध्यानाकर्षण भएको भन्दै भारतको चुनाव आयोगले चुनाव अधिकारीहरुसँग रिपोर्ट मागेको छ । 

समाचार एजेन्सी पिटिआईका अनुसार, महाराष्ट्रका चुनाव अधिकारीहरुलाई आयोगले यथाशक्य छिटो रिपोर्ट सुम्पिन निर्देशन दिएको हो । 

महाराष्ट्रको लातुरमा एक चुनावी र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भनेका थिए, ‘म पहिलोपटक मतदान गर्न गइरहेकाहरुसँग भन्न चाहन्छु, के तपाईंको पहिलो भोट ती वीर जवानप्रति समर्पित हुनेछ, जसले पाकिस्तानमा हवाई हमला गरेका थिए ? के तपाईंको पहिलो भोट पुलवामाका सहिदहरुप्रति समर्पित हुनेछ ?’

अघिल्लो महिना नै चुनाव आयोगले आचारसंहिता जारी गर्दै चुनावी प्रचारप्रसारमा सेनाको नाम प्रयोग गर्न रोक लगाएको थियो । 





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १२:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया