योगासन जसले गर्मीमा राहत दिन्छ

एजेन्सी– काठमाडौंमा मात्र होइन, देशका विभिन्न ठाउँमा अब विस्तारै तापक्रम बढ्दै छ र गर्मीको महसुस हुँदै छ । काठमाडौंमा नभए पनि नेपालका तराई क्षेत्रका जिल्लाहरुमा गर्मीले निकै हैरान बनाउँछ । गर्मी छल्ने विभिन्न तरिका त होलान्, तर योगासनले पनि गर्मी छल्न निकै सहयोग गर्छ । केही योगासन यस्ता छन् जसले गर्मीबाट हामीलाई राहत दिन्छन् ।

तीमध्ये एक हो शीतल योगासन । शीतल योगासनले गर्मीबाट छुटकारा दिने मात्र होइन, हाम्रो मस्तिष्कलाई पनि स्वच्छ बनाउँछ । यो योगासनका लागि सबैभन्दा पहिले शरीरलाई आराम रुपमा राखेर टाउको र घाँटी स्थिर रुपमा राख्नु पर्छ । यो आसनमा मुखको नलीबाट बिस्तारै सास भित्र तान्ने र बाहिर फाल्ने गर्नु पर्छ । केही समय मुख बन्द गरेर सास भित्र रोक्नुपर्छ । अनि नाकबाट सास बाहिर निकाल्ने गर्नुपर्छ । यस्तो प्रक्रिया आठ दश पटक दोहोर्याउने हो भने हामीलाई आराम मिल्छ । 

यो योगासनले भोक र तिर्खालाई नियन्त्रणमात्र गर्दैन, मनलाई शान्त राख्ने काम पनि गर्छ । शरीर शीतल राख्नुका साथै यसले रक्तचापलाई पनि नियन्त्रणमा राख्छ । 

शीतल प्राणायाम जस्तै दन्डासानमा बस्ने र घुँडा मोड्ने तथा पैतला फर्काएर राखेर गरिने यो योगासनले पनि अत्यन्त गर्मीमा शरीरलाई शीतल बनाउन सहयोग गर्छ । तिघ्रा माथितिर फर्काउने र पैताला जमीनतिर खिचेर गरिने यो योगासान सासलाई विस्तारै लिँदै पाँच मिनेटसम्म गर्दा फाइदा हुन्छ । दण्डासनले शरीर शीतल बनाउने मात्र नभएर थकाइ र तनाव पनि कम गर्न सहयोग गर्छ ।





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १७:५९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया