वासिंग्टन– स्पेसएक्सका फाउन्डर एवं टेस्लाका सिइओ एलन मस्कले ब्लु ओरिजनका फाउन्डर जेफ बेजोसलाई ‘कपी क्याट’ भनेका छन् ।
अमेजनको इन्टरनेट स्याटलाइट लन्च गर्ने योजनामाथि टिप्पणी मस्कले यस्तो भनेका हुन् । मस्कले एक ट्विटको जवाफ दिँदै ट्विटरमा कपी लेखेर बिरालोको इमोजी पोस्ट गरेका छन् ।
.@JeffBezos copy 🐈
— Elon Musk (@elonmusk) April 9, 2019
अमेजनको ३,२३६ स्याटलाइट लन्च गर्ने योजना
अमेजनले विश्वका दुई करोड जनसंख्यालाई ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउन ३ हजार २३६ स्याटलाइट लन्च गर्ने योजनाका लागि काम गरिरहेको जानकारी दिएको थियो ।
मस्कको कम्पनी स्पेसएक्सले पनि २०१८ फेबु्रअरीमा स्याटलाइट लन्चको काम सुरु गरेको थियो । यही विषयमा मस्कले बेजाेसकाे टिप्पणी गरेका हुन् ।
मस्कको ट्विटर कमेन्टमा अहिलेसम्म बेजोसको प्रतिक्रिया आएको छैन् । बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको नेटवर्थ ११५ अर्ब डलर छ । विश्वका ५०० अरबपतिको लिस्टमा एलन मस्क ३६ औं नम्बरमा छन् । उनको नेटवर्थ २२.६ अर्ब डलर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।