दहीको फेस मास्कले छाला जाेगाउनुहाेस्

एजेन्सी– अहिले गर्मीयाम सुरु भइसकेको छ । यो समयमा घामबाट छालालाई कसरी बचाउने भन्ने तनाव पनि सुरु हुन्छ । 

गर्मी मौसममा तातो हावाका कारण छाला सुक्खा हुने र फुट्ने समस्या धेरै हुन्छ । त्यसैले यो मौसममा छालाको हेरचाह गर्नु आवश्यक हुन्छ ।

छालामा सन्सक्रिम जति लगाए पनि र अनुहारलाई कपडाले बेरे पनि समस्या जस्ताको तस्तै हुन्छ ।

त्यसैगरी बजारबाट लिएको स्किन र ब्युटी प्रोडक्सनको प्रयोगले छालालाई झनै क्षति पुर्याउँछ । 

छालालाई सुक्खा हुनबाट जोगाउनका लागि घरमै बसी उपचार किन नगर्ने ? हुन त छालामा मेवा, केरा आदिको फेसमास्क बनाएर लगाउन सकिन्छ । तर सुक्खा छालामा दहीको फेस मास्क अति प्रभावकारी हुन्छ ।

दहीले केवल छालाको मोइस्चरलाई मात्र नभई सुक्खा छालालाई फेरी ताजा बनाउन मदत गर्छ । दहीले नेचुरल ब्लीचिङ एजेन्टको काम गर्छ र छालामा भएकाे चायापोतोलाई पनि हटाउँछ ।



दहीमा ल्याक्टिक एसिड हुन्छ । जसले मरेको छालालाई हटाएर पोर्सलाई कडा बनाउँछ जसले त्यसमा भएको गन्ध हराउँछ । त्यसैले दही छालाका लागि आवश्यक छ ।



  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १५:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया