सुरक्षा खतराको सामना गर्न नेपाली सेना सजग र सतर्क रहनुपर्ने : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् । ओलीले सैनिक अधिकृतहरूको दीक्षान्त समारोहलाई खरिपाटीमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौँ नायकहरूको नेतृत्वमा अघि बढाएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको उनले बताए । राष्ट्रिय एकता र राष्ट्रिय हितको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ती सुरक्षासँग सम्बद्ध सुरक्षा निकायसमेत सदैव सजग र सतर्क रहनुपर्ने नेपाली सेनाले संवैधानिक सरकारको मातहतमा आफूलाई व्यावसायिक र मर्यादित संगठनको रूपमा स्थापित गर्दै आएको बताउँदै ओलीले भने, ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरू, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ।’

लामो अस्थिरतापछि देश अहिले स्थायित्वको जगमा सुदृढ सुव्यवस्था र तीव्र विकासको बाटोबाट अघि बढेको बताउँदै उनले ‘समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने सरकारको संकल्प रहेको बताए ।

देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरूको सामना गर्न नेपाली सेना  सजग र सतर्क रहनुपर्ने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १५:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया