करणको कठपुतली भन्दैमा मलाई फरक पर्दैनः आलिया

एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्ट आजभोलि हिट कामका कारण सधैं चर्चामा आइरहेकी छिन् । केही समययता उनले हाइवे, हम्प्टी शर्माकी दुल्हनिया, कपूर एन्ड सन्स, उडता पन्जाब, बदरीनाथकी दुल्हनिया, राजी, गली ब्वायजस्ता केही चर्चित फिल्ममा काम गरेकी छिन् । 

अभिनयमा आलियाले आफ्नै पहिचान बनाएकी भए पनि बलिउडमा उनीमाथि कहिलेकांही टिप्पणी भइरहेको हुन्छ– उनी निर्देशक करण जौहरले जे चाहन्छन्, त्यही मात्र गर्छिन् । अर्थात्, आलिया करणको चाहनाअनुसार मात्र आफ्ना निर्णय लिन्छिन् । हुन पनि उनले कुनै फिल्म वा ठूलो फैसला गर्दा करणको सहमति खोज्छिन् ।

आलियाले यो विषयमा बिबिसीको हिन्दी सेवालाई एक विशेष अन्तर्वार्ता दिएकी छिन् । उनले भनेकी छिन्, ‘कसैलाई हामी गुरु त्यति बेला मान्छौँ जब त्यो मान्छे हामीभन्दा राम्रा हुन्छन्, हामीभन्दा अगाडि हुन्छन् ।’ उनले करण जौहरले आफूमाथि लगाएको गुण सम्झँदै भनेकी छिन्, ‘करणले मलाई आफ्नो खुबी देखाउने पहिलो मौका दिए । जो मान्छेले आफ्नो खुबी देखाउने मौका दिन्छन्, उनीहरुको स्थान तपाईंको मनमा हुन्छ । यही कुरालाई कसैले मलाई करणको कठपुतली मान्छ भने मलाई कुनै असर पर्दैन ।’

त्यसो त ६ वर्ष यता आलियाका फिल्मले अत्यन्त राम्रो गरेका छन् । तर, उनीमाथि आरोप छ– उनले एक जना निर्देशकका फिल्ममा मात्र काम गरेकी छिन् । यसबारे आलियाले भनेकी छिन्, ‘यस्तो त किन हो भने मलाई एक जना निर्देशकले काम दिइरहेका छन् । यस्तो बेला यस्ता विभिन्न कुरा गर्नु कुनै पनि अर्थमा ठिक होइन । यस्ता टिप्पणीहरुले म भड्किन्नँ ।’





  • प्रकाशित मिति : चैत ३०, २०७५ शनिबार ७:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया