काठमाडौं– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ आयोजना गरिएको ‘मातृ भूमिकप’ क्रिकेट प्रतियोगिता जारी छ । धुर्मुस–सुन्तली फाउन्डेसनको आयोजनामा यसअघि गत शनिबारका लागि तय भएको प्रतियोगिता वर्षाका कारण रोकिएपछि शनिबारका लागि सारिएको थियो ।
त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा टिम ‘ए’ र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा टिम ‘बी’ छ । त्यसैगरी, कलाकारबीचको आर्टिस्ट ‘ए’ र आर्टिस्ट ‘बी’बीच पनि खेल चलिरहेको छ । जसमा ‘ए’ को कप्तानी मदनकृष्ण श्रेष्ठ र ‘बी’को कप्तानी हरिवंश आचार्यले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।