विप्लव नेकपाका नेता बस्याल प्रहरी नियन्त्रणमा

नवलपरासी– विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी नेता रमेश बस्याललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई पश्चिम नवलपरासीको बर्दघाटबाट आज पक्राउ गरिएको हो । 

बिहान घरमा खाना खान लागेका बेला पक्राउ परेका बस्याल प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष थिए । पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै उनी विप्लव नेतृत्वको नेकपामा आबद्ध भएका हुन् ।

पछिल्लो समय राजनीतिमा खासै सक्रिय नरहेका बस्याल नेकपाका जिल्ला सदस्यसम्म भएका थिए । 

सरकारले विप्लवको नेकपामाथि प्रतिबन्ध लगाएपछि अधिकांश नेता–कार्यकर्ता भूमिगत भए पनि उनी भने आफ्नै घरमा खुला रुपमा बस्दै आएका थिए ।





  • प्रकाशित मिति : वैशाख १, २०७६ आइतबार १६:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया