राजनीतिमा जडेजा परिवार : रवीन्द्रकी पत्नी भाजपामा, पिता र बहिनी कांग्रेसतिर

गुजरात– भारतमा लोकसभा चुनावको माहोल छ । राजनीतिकर्मी मात्र नभएर यतिखेर सेलेब्रिटीहरुमा पनि राजनीतिक विभाजन बढ्दो छ । 

केहीदिनअघि सयौँ कलाकारले संयुक्त वक्तव्य निकालेर कांग्रेसलाई समर्थन दिए । लगत्तै, उत्तिकै संख्याका अर्को कित्ताका कलाकारले भाजपालाई समर्थन दिए । 

क्रिकेटरहरु भने आइपिएल खेल्नमै व्यस्त देखिन्छन् । तर, उनीहरुका परिवारको पार्टी प्रवेशका खबर भने मिडियामा छाइरहेका छन् । 

यसैबीच, क्रिकेटर रवीन्द्र जडेजाको परिवार दुई कित्तामा बाँडिएको छ । रवीन्द्रकी पत्नी रिवा सोलान्की भाजपामा प्रवेश गरेको डेढ महिना नबित्दै रवीन्द्रका पिता अनिरुद्ध र बहिनी नैना कांग्रेस प्रवेश गरेका छन् । 

जडेजाको गृहनगर जामनगरमा एक र्यालीका दौरान रवीन्द्रका पिता र बहिनी कांग्रेस नेता हार्दिक पटेलको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन् । 

नैना यसअघि महिला अधिकारको मुद्दामा क्रियाशील नेसनल मिमिन्ज पार्टीमा आबद्ध थिइन् । पार्टीले उनलाई महाराष्ट्र, गुजरात र राजस्थानको इन्चार्ज पनि बनाएको थियो । 





  • प्रकाशित मिति : बैशाख १, २०७६ आइतबार १९:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया