काठमाडाैं– आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनाेट प्रतियाेगितामा नेपालले मलेसियालाई सस्तैमा समेटिदिएकाे छ । साेमबार भएकाे खेलमा मलेसियाका खेलाडीले नेपालकाे बलियाे बलिङका कारण ९२ रनभन्दा बढी बनाउन सकेनन् ।
टस जितेर फिल्डिङ राेजेकाे नेपालले मलेसियालाई ३३.५ ओभरमा अल आउट गर्याे । नेपालका लागि कुशल मल्ल र पवन शर्राफले ३-३ विकेट लिए । कमल सिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए ।
९३ रन बटुल्ने उद्देश्यअनुसार अब नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।