अर्जुनसँगको विवाहबारे फेरि बोलिन् मलाइका

एजेन्सी– पछिल्लो लामो समय यता अर्जुन कपुर र मलाइका अरोडाबीचको अफेयरबारे निकै धेरै चर्चा बाहिर आइरहेका छन् । केही दिन पहिले यी दुवै मालदिभ्समा बिदा मनाउन समेत सँगै पुगेका थिए । पहिले मलाइका गएको ग्रुपमा नै पछि अर्जुन पनि पुगेको समाचार बाहिर आएपछि त्यो मालदिभ्सको घुमफिरले अब यी दुईको विवाह पक्का भएको समाचार बाहिर आएका थिए ।

तर, मलाइका र अर्जुनले आफूहरुको विवाह हुने कुरा सत्य नभएको बताउँदै आएका छन् । तर, अझै पनि उनीहरुको विवाहको चर्चा चल्न छोडेको छैन । पछिल्लो समय आएका समाचारअनुसार मलाइका र अर्जुनले २२ अप्रिलसम्ममा विवाह गर्ने छन् । यो विवाह गोवामा हुने पनि अनुमान गरिएको छ । 

तर, मलाइकाले फेरि एकपटक यी अड्कलबाजी गलत भएको बताएकी छिन् । उनले बम्बे टाइम्स नामको पत्रिकासँग कुराकानी गर्दै भनेकी हुन्, ‘यी सबै अफवाहहरु हुन्, यसमा कुनै सत्यता छैन ।’





  • प्रकाशित मिति : वैशाख २, २०७६ साेमबार १०:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया