पौडी खेल्न गएका २ युवक कर्णालीमा बेपत्ता

काठमाडाैै– पौडी खेल्ने क्रममा कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा आइतबार साँझ दुई युवक बेपत्ता भएका छन् । कोहलपुरका दीपेन्द्र कार्की र कैलालीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । 

६ जना साथीकाे समूहमा घुम्दै जाँदा पौडी खेल्न नदीमा पस्दा उनीहरु बेपत्ता भएका हुन् । 

प्रहरीले उनीहरुकाे खाेजी गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । उनका अनुसार खोजी कार्य लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर टोली परिचालन गरिएको छ ।





  • प्रकाशित मिति : वैशाख २, २०७६ साेमबार ११:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया