विद्यार्थीको भूमिकामा देखिन शाहिदले घटाए १४ किलो

एजेन्सी– ३८ वर्षका बलिउड अभिनेता शाहिद कपुर ती केही सेलेब्रिटीमध्ये एक हुन् जो आफ्नो फिटनेसलाई पहिलो प्राथमिकतामा राख्छन् । अहिले शाहिद अबको फिल्म ‘कबिर सिंह’मा आफूले गर्ने अभिनयको तयारीका लागि जुटेका छन् । फिल्ममा उनले एउटा मेडिकल विद्यार्थीको भूमिकामा काम गर्न गइरहेका छन् । तर, यसका लागि उनले १४ किलो तौल घटाइसकेका छन् । आखिर शाहिदले कसरी घटाए त १४ किलो वजन ? उनको फिटनेस मन्त्रः

फिल्ममा कबिर सिंहको भूमिकामा शाहिद २ फरक फरक भूमिकामा देखिने छन् । पहिलो हाफमा उनी कलेज विद्यार्थीका रुपमा देखिँदै छन् तर दोस्रोमा अर्को भूमिकामा । त्यसैले उनले आफू फिट र विद्यार्थीजस्तो देखिनका लागि तौल घटाउने निर्णय गरे । यसका लागि उनले आफ्नो डायटमा पनि निकै ठूलो परिवर्तन ल्याएका छन् । त्यसका लागि उनले दिनमा १४ सय देखि १५ सय क्यालोरीको मात्र खाना खाएका छन् । शाहिद शाकाहारी भएकाले पनि उनलाई आफ्नो तौल मेन्टेन गर्न सजिलो भएको भारतीय मिडियाहरुले लेखेका छन् । योसँगसँगै शाहिदले प्रत्येक दिन कम्तिमा पनि २ घन्टा कार्डियो अभ्यास गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख २, २०७६ साेमबार १३:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया