[लाेकसभा निर्वाचन] महिला प्रतिद्वन्द्वीमाथि गरेकाे भद्दा टिप्पणीले संकटमा समाजवादी नेता

एजेन्सी– समाजवादी पार्टीका नेता आजम खानले आइतबार चुनावी सभाको क्रममा रामपुरमा जया प्रदाबारे गरेकाे टिप्पणीले विवाद चर्काएको छ । खानले भनेका थिए ‘जसलाई रामपुरवासीले चिन्न १७ वर्ष लाग्यो, उसलाई मैले १७ दिनमा चिनेँ, जसको अन्डरवेयरको रंग खाकी (खैरो) छ ।’ 

आजम खानको यो भनाइ राष्ट्रिय महिला आयोग र सुष्मा स्वराजसहित देशका सबै वरिष्ठ महिला नेताले विरोध गरेका छन् । 

राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माले आजम खानलाई नोटिस जारी गर्दै यसबारेमा स्पष्टिकरण मागेकी छन् । र खानको विरुद्ध एफआइआर दर्ता गरिएको छ । 

जया प्रदाले खानको भनाइप्रति प्रतिक्रिया दिँदै आजम खानको उम्मेदवारी रद्द गर्नुपर्ने बताएकी छन् । यदि उनले चुनाव जिते भने यसले समाजमा महिलाको अवस्था झन खराब बनाउने तर्क उनको छ ।

योसँगै सामाजिक सञ्जालमा राजनेतादेखि सर्वसाधारण सबैले आजम खानको बयानमाथि अखिलेश यादवले कुनै प्रतिक्रिया नदिएको भन्दै आक्रोश पोखिरहेका छन् । अखिलेश समाजवादी पार्टीका अध्यक्ष हुन् । 



जया प्रदाले भनेकी छन् –‘२००९ मा म उनको पार्टीमा प्रत्याशी थिएँ । पार्टीमा हुँदा अखिलेशले मेरो समर्थन गरेका थिएनन् र ममाथि यस्तै टिप्पणी गरेका थिए । आजम खानलाई यस्तो भद्दा टिप्पणी गर्ने बानी नै लागेको छ, यदि उनले यसरी कसैको टिप्पणी गरेनन भने त्यो नयाँ हुनेछ ।’  

जया भन्छिन्– ‘उनले लोकतन्त्र र संविधानको धज्जी उडाइरहेका छन् । उनले आफ्नो हद पारे गरे । अब मेरा लागि उनी भाइ रहेनन्, मेरा कोही पनि होइनन् । मैले यस्तो के गरेकी थिएँ र खानले यस्तो बोले । म चाहन्छु, उनको उम्मेदवारी रद्द गरियोस् । यस्ता व्यक्तिले चुनाव जिते समाजमा महिलाको स्थान पनि हुँदैन् ।’



  • प्रकाशित मिति : वैशाख २, २०७६ साेमबार १४:८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया