चालू आर्थिक वर्षमा एक हजार पाँच सय कर्मचारी कारबाहीको सिफारिसमा

 काठमाडाैं– अनुशासन पालना नगर्ने एक हजार ५३४ कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्रले कारबाहीका लागि सिफारिस गरेको छ।

चालू आर्थिक वर्षमा अहिलेसम्म ती कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको जानकारी केन्द्रले दिएकाे छ ।

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने १ हजार १३५ र कार्यालयले ताेकेकाे पोशाक नलगाउने ३ सय ९९ कर्मचारी रहेका छन्।

ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राख्ने गरेकाे छ। निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारबाही हुने व्यवस्था छ । 

त्यस्तै अहिलेसम्म नियमकाे पालना नगरेर कारबाहीका लागि सिफारिसमा परेका ७ सय ९९ कर्मचारीलाई  कारबाही गरिएकाे जानकारी राष्ट्रिय सतर्कता केन्द्रले दिएकाे छ । 





  • प्रकाशित मिति : वैशाख ३, २०७६ मंगलबार ८:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया