यू–१९ विश्वकप एसिया छनोट : नेपालले ओमनलाई १५० रनले हरायो

काठमाडौं– आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले ओमनलाई १५० रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २२९ रन जोडेको थियो । 

२३० रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रेको ओमनले ४४.१ ओभरमा अलआउट हुनुअघि ७९ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि पवन सर्राफले ३ तथा सूर्य तामाङ र प्रतिस जिसीले समान २ विकेट लिए । यस्तै, कुशल मल्ल्ल, भीम सार्की र कमलसिंह ऐरीले समान १ विकेट लिए । 

ओमनका लागि अमनप्रित सिराहले १३ तथा जिल तननले १३ रन बनाउनुबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

यसअघि, ओमनसामु विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा कप्तान रोहितकुमार पैडेलले उत्कृष्ट पारी खेले । ८१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ७५ रन जोडेका थिए । 

नेपालका लागि प्रतिस जिसीले ४१ तथा भीम सार्कीले ३९ रन जोडे । २३ बलको सामाना गरेका जिसीले २ चौका र ४ छक्का तथा सार्कीले ४३ बलमा २ चौका र १ छक्का हिर्काए । 



त्यस्तै, नेपालका ओपनर रित गौतमले १०, अभिषेक बस्नेतले १५ रन जोडे । 

नेपाललाई अलआउट गर्ने क्रममा ओमनका चार खेलाडीले समान २ तथा दुई खेलाडीले  समान १ विकेट लिए । 



एसिया छनोटमा यो नेपालको तेस्रो जित हो । यसअघि, सिंगापुर र मलेसियालाई भारी अन्तरले हराएको नेपाल युएईसँग वर्षाले प्रभावित भएको खेलमा १ रनले पराजित भएको थियो । 

खेल जिते पनि नेपालको विश्वकपमा छनोट हुने सम्भावना भने न्यून छ । विश्वकप पुग्न नेपाल अर्को खेलमा कुवेतलाई हराएर मात्र पुग्दैन, युएईले कुनै एक खेल हार्नुपर्छ । बाँकी टिम निकै कमजोर देखिएका वेला युएईले हार्ने सम्भावना कम देखिन्छ । 

  • प्रकाशित मिति : वैशाख ३, २०७६ मंगलबार १३:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया