के टिकटकलाई प्रतिबन्ध लगाउँदै छ भारत ?

काठमाडौं– एप स्टोरबाट ‘टिक टक’ हटाउन भारत सरकारले गुगल र एप्पललाई आग्रह गरेको छ । यसअघि मद्रास उच्च अदालतले यो एपमाथि प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो । 

तर, सो आदेशलाई सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चले सो आदेश खारेज गरेको भोलिपल्ट भारत सरकारले गुगल र एप्पललाई एप्स हटाउन आग्रह गरेको गरेको हो ।

गुगल र एप्पलले एप हटाएको खण्डमा टिकटक नयाँ डाउनलोड गर्न सकिनेछैन । तर, पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । 

मद्रास उच्च अदालतले टिकटकले भारतमा अश्लीलता फैलाइरहेको दाबी गरेको छ । तामिलनाडुको संसदमा पनि यसको विपक्षमा कुरा उठेको थियो । एपमार्फत युवाहरूले भारतीय राजनीतिज्ञको बिल्ला गरिरहेको तामिलनाडुका सांसदको जिकिर थियो । 

विश्वभरि सर्वाधिक संख्यामा डाउनलोड भएको टिकटकका भारतमा मात्रै करोडौँ प्रयोगकर्ता छन् । गत मार्चमा मात्रै आठ करोड ८६ लाख भारतीय प्रयोगकर्ताले यो एप डाउनलोड गरेका थिए । 





  • प्रकाशित मिति : वैशाख ३, २०७६ मंगलबार १७:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया