३९ अर्ब ६ करोड तिर्न एनसेललाई ७ दिनको समय

काठमाडाैं– ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ पुँजीगत लाभकर तिर्न सूचना जारी गरेकाे छ । लाभकर तिर्न मंगलबार सूचना जारी गरी सात दिनकाे समयसीमा ताेकेकाे हाे । 

सर्वोच्च अदालतले गत माघ २३ मा गरेकाे फैसलाअनुसार टेलिया सोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेलले तिर्नुपर्ने भएकाे हाे ।  

सर्वोच्चले फैसलाको पूर्ण पाठ तयार पारी तीन महिनाभित्र उक्त कर उठाउन परमादेश जारी गरेको थियो। फैसलाको पूर्ण पाठ आएपछि सरकारले एनसेलले तिर्नुपर्ने कर निर्धारण गरेकाे हाे । 

स्विडिस कम्पनी टेलिया सोनेराले मलेसियन कम्पनी एक्जियटालाई २०७२ चैत २९ मा एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा एक खर्ब ४३ अर्ब ६५ करोड ३५ लाख ६ हजार रुपैयाँ पुँजीगत लाभ भएको थियो। त्यसको कर ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ निर्धारण भएको थियो।

त्यसमध्ये एनसेलले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ अग्रिम रूपमा तिरिसकेको थियो। त्यस्तै विलम्ब शुल्कवापत् २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ पनि एनसेलले तिरेको थियो।

एनसेलले अब  बाँकी रहेकाे पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ सात दिनभित्र तिर्नुपर्ने भएको छ। 





  • प्रकाशित मिति : वैशाख ४, २०७६ बुधबार ७:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया