कंगनाकी बहिनी पनि बोल्न थालिन् भारतीय कलाकारविरुद्ध

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनौट बारम्बार भारतीय कलाकार तथा सेलेब्रिटीहरुसँग पङ्गा लिँदै आएकी छिन् । अब उनकी बहिनी रंगोली पनि यही सूचीमा मिसिएकी छिन् । रंगोलीले पनि आफ्नो ट्विटरमा आलिया भट्ट र उनकी आमाबारे कडा अभिव्यक्ति दिएकी छिन् । आलिया र उनकी आमासँग भारतीय नागरिकता नभएको भन्दै रंगोलीले लेखेकी छिन्, ‘यी बाहिरका मानिसहरु हाम्रो देशमा के गरिरहेका छन् ? किन हाम्रो देशका जनताबारे गलत कुरा गरिरहेका छन् ? हामीले यस्ता मानिस र उनीहरुको सोचबारे सोच्नु पर्ने भएको छ ।’

आलिया आजभोलि फिल्म ‘कलंक’को प्रमोसनमा व्यस्त छिन् । यही क्रममा उनलाई यसपटकको लोकसभा निर्वाचनमा कसलाई भोट दिन्छिन् भनेर सोधिएको थियो, तर उनले आफूले भोट नदिने बताएकी थिइन् । यसको कारण चाहिँ उनीसँग भारतीय नागरिकता हुनु हो । आलियाको यही कुरालाई लिएर रंगोलीले ट्विटरमा लेखेकी हुन् ।

आलियाकी आमा बेलायती हुन् र आलिया पनि बेलायतमा जन्मिएकी थिइन् । त्यसैले उनले बेलायती नागरिकता नै लिएकी छिन् । उता, रंगोलीले आफ्नो ट्विटमा आलियाको मात्र नाम होइन, उनकी आमा सोनी राजदानको पनि नाम लिएर त्यसबारे लेखेकी छिन् । यसअघि पनि कंगना रनौटले बारम्बार आलिया र उनकी आमामाथि प्रश्न उठाउँदै आएकी थिइन् ।





  • प्रकाशित मिति : वैशाख ४, २०७६ बुधबार १०:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया