सरकारले प्रतिबन्ध नहटाए कडा प्रतिराेध गर्ने विप्लवकाे चेतावनी

काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारी रवैयाकाे विराेध गर्दै आफूमाथि लगाएकाे प्रतिबन्ध हटाउन माग गरेकाे छ । यदि सरकारले आफ्नाे पार्टीमाथिकाे दमन राेकेन भने कडा प्रतिराेध गर्ने चेतावनी दिएकाे छ । नेकपाका महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै आफ्ना नेता कार्यकर्ताको गिरफ्तारी राेक्न र पक्राउ गरेका कार्यकर्ता रिहाइको माग गरेका छन् । 

'सामाजिक फासिवादी केपी—प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ट संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आमजनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम याताना दिइराखेको छ। सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं।' यदि सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसकाविरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं । सरकारले विप्लवको नेकपाका गतिविधिमा फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ। त्यसपछि उक्त पार्टीका सयौं नेता कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ।’ 

 





  • प्रकाशित मिति : वैशाख ८, २०७६ आइतबार ९:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया