सर्वोच्चका नवनियुक्त ५ न्यायाधीशले लिए सपथ

काठमाडौं– सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आइतबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सपथ गराएका हुन् ।

त्यस्तै प्रधानन्यायाधीश जबराले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सपथ गराएका छन् ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले सदस्य विष्णुमाया ओझालाई पनि सपथ गराएका छन् ।





  • प्रकाशित मिति : वैशाख ८, २०७६ आइतबार १५:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया