भारतमा भन्दा चीनमा धेरै कमाएका बलिउड फिल्म

एजेन्सी– बलिउड फिल्मका लागि चीन पनि निकै ठूलो बजार हुन थालेको छ । भारतमा भन्दा बलिउड फिल्मका लागि पछिल्लो समय अझ धेरै हलहरु मिल्न थालेका छन्, यसले गर्दा भारतीय फिल्महरुले भारतमै भन्दा बढी चीनमा कमाउन थालेका छन् । 

यसैको एउटा उदाहरण हो, ‘अन्धाधुन’ । यो भारतबाट चीन गएका फिल्ममध्ये सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो ।

३२ करोड भारतीय रुपैयाँमा बनेको यो फिल्मले चीनमा १६ दिनमा नै २४६ करोड भारतीय रुपैयाँभन्दा धेरै कमायो । भारतमा चाहिँ यो फिल्मले ९६ करोड मात्र कमाएको थियो । यो फिल्ममा आयुष्मान खुराना, तब्बु र राधिका आप्टेको मुख्य भूमिकामा छन् । 

भारतबाट गएर चीनमा सन् २०१६ मा धेरै कमाउने अर्को फिल्म हो दंगल । यो फिल्मले चीन १४ सय करोड भारतीय रुपैयाँ कमायो । ७० करोडमा बनेको यो फिल्मले भारतमा चाहिँ ५३८ करोड मात्र कमाएको थियो ।

बलिउडको अर्को फिल्म ‘सेक्रेट सुपरस्टार’ले पनि भारतमा भन्दा बढी चीनमा कमायो । १५ करोडमा बनेको यो फिल्मले भारतमा ८१ करोड भारतीय रुपैयाँ कमाएको थियो । उता, चीनमा चाहिँ यो फिल्मले यसको दस गुणा अर्थात् ८१० करोड रुपैयाँ कमायो । यो फिल्ममा अभिनेता आमिर खानले पनि क्यामियो गरेका थिए । 

चीनमा धेरै कमाउने हिन्दी फिल्मको सूचीमा हिन्दी मिडियम पनि अग्रस्थानमा आउँछ । भारतमा ९६.६५ करोड रुपैयाँ कमाएको यो फिल्मले चीनमा २२६ करोड कमाएको थियो । २३ करोडमा बनेको यो फिल्ममा इरफान खान, पाकिस्तानी अभिनेत्री सबा कमरलगायतले अभिनय गरेका छन् । अब त यो फिल्मको सिक्वेल अंग्रेजी मिडिया पनि बनाउन थालिएको छ । 



रानी मुखर्जी अभिनित अर्को फिल्म हिचकीले पनि चीनमा भारतमा भन्दा बढी व्यापार गर्यो । १२ करोडमा बनेको यो फिल्मले चीनमा १४८ करोड कमायो । भारतमा चाहिँ यो फिल्मले ५९ करोड मात्र कमाएको थियो ।



  • प्रकाशित मिति : वैशाख ८, २०७६ आइतबार १५:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया