रचना दाहालकाे डेब्यु गीत ‘भुमरी’

काठमाडौं– गायिका रचना दाहालको पहिलो गीत ‘भुमरी’ भिडियोसहित सार्वजनिक गरिएको छ । शब्द, सङ्गीत पनि रचना दाहालकै रहेको गीत भिडियोसहित युट्युबबाट सार्वजनिक गरिएको हो । 

गीत आफ्नो जीवनसँग पनि मेल खाने रचनाले बताएकी छिन् । ‘मैले जीवनमा भोगेको कुरा नै गीतका शब्दमा पोख्न खोजेकी हुँ,’ रचनाले फरक धारसँग कुरा गर्दै भनिन् । 

‘म आफैं पनि कुनै समय सम्बन्धमा बाँधिएकी थिएँ,’ रचनाले भनिन्, ‘हामी सम्बन्धमा हुँदा सानो भन्दा सानो भएर सम्बन्धलाई बचाउने प्रयास गर्छाैँ । तर, जति नै सम्झौता गरेपनि, प्रयास गरे पनि सम्बन्धलाई जोगाउन सक्दैनौँ ।’ रचना थप्छिन्, ‘सुधार होस् भन्ने चाहना भएको मान्छे पनि सुध्रँदैन । अनि सम्बन्ध टुक्रिन्छ ।’

गीतको भिडियोमा सरिता, नविन न्यौपाने र पुनम भण्डारी फिचर्ड छन् । 





  • प्रकाशित मिति : वैशाख ८, २०७६ आइतबार १५:५६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया