सर्वोच गयो एनसेल, १४ अर्ब ३६ करोड मात्र लाभकर तिर्न बाँकी रहेको दाबी

काठमाडौं– ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकर कानुनअनुसार नभएको भन्दै एनसेल कम्पनी सर्वोच्च अदालत गएको छ ।

करदाता कार्यालयले विलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गर्दै एनसेलले यसअघि तिरेको रकम कटाएर बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात तिर्न दिनको म्याद दिएको थियो । 

म्याद सकिन एक दिन बाँकी छँदा सर्वोच्चको ढोका ढकढक्याउन पुगेको एनसेलले ठूला करदाता कार्यालय र कर अधिकृतले आफ्नो अधिकार–सीमा उल्लंघन गरेको दाबी गरेको छ ।

आफूले अब १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँ मात्र तिर्न बाँकी रहेको उसको दाबी छ । यसका लागि उसले आफ्नो आम्दानी–खर्च, लाभकर लाग्ने आय, तिर्नुपर्ने कुल लाभकर र यसअघि भुक्तान गरेको रकमसहित हरहिसाबको फेहरिस्त प्रस्तुत गरेको छ । 

एनसेलले सर्वोच्चमा दिएको रिट निवेदनमा विधिवत् रुपमा कर निर्धारण नहुँदासम्म एनसेलको व्यापार व्यवसायमा व्यवधान नगर्न परमादेशको माग छ ।





  • प्रकाशित मिति : वैशाख ९, २०७६ साेमबार १३:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया