काठमाडौं– कुनै समय नेपाली सन्चारमाध्यमको हेडलाइनमा अभिनेत्री रेखा थापा र तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै नाचेको खबर निकै प्राथमिकताका साथ छापिएको थियो । त्यति बेला रेखा थापा माओवादी पार्टीमा प्रवेश गरेकी थिइन् ।
तर, रेखाले माओवादीमा धेरै समय दिइनन् । उनले फेरि सदस्यता लिइन् राष्ट्रिय प्रजातन्त्र पार्टीको ।
त्यसयता माओवादी र नेपाल कम्युनिस्ट पार्टी तथा यी पार्टीका नेताहरुमाथि कडा अभिव्यक्ति दिन थालेकी छिन्, रेखा थापाले । त्यो पनि सामाजिक सन्जालबाट ।
त्यहीमध्ये एउटा हो, रेखाले केही समयअघि मात्र गरेको ट्विट । अनलाइन सन्चारमाध्यम सेतोपाटीमा आएको एउटा समाचारको स्क्रिन सट लिएर रेखा थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि एउटा प्रश्न गरेकी छिन् ।
यो समाचार प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहमाथि राखेको एउटा अभिव्यक्तिको समाचार हो । प्रचण्डले बम पड्काएर परिवर्तन हुन्छ भन्ने धारणा राख्नु विप्लवको गल्ती भएको बताएको समाचारमा रेखाले प्रश्न गरेकी हुन्– आफूले चाहिँ परेवा उडाएको हो र ?
पछिल्लो समय रेखा थापाले विप्लव समूहलाई समर्थन गरिरहेको हल्ला पनि चल्न थालेको छ । तर, उनी स्वयंले भने यसबारे केही बताएकी छैनन् ।
रेखाले आफ्नो ट्विटरमा प्रचण्डमाथि प्रश्न राखेपछि अधिकांश कमेन्टहरु चाहिँ उनी र प्रचण्ड केही समयअघि नाचेको सन्दर्भका आएका छन् ।
आफुले चै काहा परेवा उडायेका थियौ र ? pic.twitter.com/CLQmOE1h2o
— Rekha Thapa (@rekhafilms) April 21, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।