काठमाडौं– सरकारले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित उनको संगठनका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता गर्ने भएको छ । सो प्रक्रियाका लागि जनमत पार्टीका नेता चन्दन सिंहले मुद्दा लागेका नेता तथा कार्यकर्ताको सूची गृहमन्त्रालयमा बुझाएका छन् ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईलाई बुझाइएको सूचीमा ३ सय ५० भन्दा बढीको नाम समावेश छ । जिल्ला प्रशासन र प्रहरीबाट आएका तथ्यांकलाई मिलाएर केही दिनभित्रै सबै मुद्दा फिर्ता हुने प्रतिबद्धता गृह सचिव राईले व्यक्त गरेका छन् ।
डा. राउतसहित उनका कार्यकर्तामाथि राज्य विप्लवको मुद्दा रहेको छ । नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनबीचको ११ बुँदे सहमतिअनुसार मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।