गोरखा दरबारको पुनःनिर्माण छिटो सक्न सभामुख महराको निर्देशन
फाइल तस्बिर

गोरखा– सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनः निर्माण छिटो सक्न निर्देशन दिएका छन्। शुक्रबार गोरखा दरबारको निरीक्षण गर्दै सभामुख महराले पुनःनिर्माणको कार्य सुस्त गतिमा भइरहेको प्रति चिन्ता व्यक्त गरे । उनले यो काममा कुनै पनि ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् । 

ऐतिहासिक महत्व रहेको गोरखा दरबारको मौलिक संरचना कत्तिपनि नविग्रने गरी पुनःनिर्माण गर्न आग्रह गर्दै गोरखा दरबारको संरक्षण संवर्दन र प्रवर्दनमा सरकार, स्थानीय निकाय र सरोकारवाला सवैको चिन्ता र चासो हुनुपर्ने उनको भनाई छ । 

गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सवै लागि पर्नुपर्ने उनले बताए । 

सभामुख महराले महराले गोरखा संग्रहालयको समेत अवलोकन, निरीक्षण गरी  पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा सबै लागि पर्नुपर्ने बताए।





  • प्रकाशित मिति : वैशाख १३, २०७६ शुक्रबार १०:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया