अन्तर्राष्ट्रिय हतियार सन्धीबाट बाहिरिने अमेरिकाकाे घाेषणा

एजेन्सी– अमेरिकाले अन्तर्राष्ट्रिय हतियार सन्धी (आइएटी) बाट बाहिरिने घोषणा गरेको छ । राष्ट्रिय राइफल्स एसोसिएशन –एनआए) को वार्षिक बैठकको क्रममा शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् । 

समाचारमा उल्लेख भएअनुसार डोनाल्ड ट्रम्पले भनेका थिए ‘म आफ्नो दस्तखत (आइएटी) फिर्ता लिँदै छु । छिटै संयुक्त राष्ट्र संघलाई यो विषयमा औपचारिक पत्र पठाइने छ ।’ 

संयुक्त राष्ट्र संघको तत्वावधानमा १९३ देशले २०१३ मा आइएटीमा हस्ताक्षर गरेका थिए । उक्त समयमा अमेरिकामा राष्ट्रपति बाराक ओबामा थिए । ओबामा यो सन्धीका बलिया समर्थक हुन् । 
 





  • प्रकाशित मिति : बैशाख १५, २०७६ आइतबार ११:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया