[इन्डोनेसिया निर्वाचन] कामको ‘ओभरलोड’ले २७० भन्दा बढीको ज्यान गयो

जकार्ता– इन्डोनेसियामा भर्खरै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २७० भन्दा बढी कर्मचारीको मृत्यु भएको र थप १ हजार ८ सय ७८ कर्मचारी बिरामी परेका बिबिसीले जनाएको छ । रिपोर्टअनुसार, तीमध्ये अधिकांश थकाइसम्बन्धी समस्याबाट पीडित थिए ।

१७ अप्रिलमा भएको निर्वाचनको पर्यवेक्षण र मतगणनामा झन्डै ७० लाखजना खटिएका थिए । अत्यधिक गर्मीका बीच दिनरात काम गर्नुपरेकोले उनीहरु बिरामी परे । 

१९ करोड ३० लाख मतदाता भएको इन्डोनेसियामा मितव्ययिताका लागि केन्द्रीय र क्षेत्रीय संसद् तथा राष्ट्रपतिका लागि एकैदिन मतदान भएको थियो । ८ लाख मतदान केन्द्रबाट झन्डै ८० प्रतिशत मतदाताले मतदान गरेका थिए । 

बिरामी पर्ने र ज्यान गुमाउनेमा अधिकांश अस्थायी कर्मचारी छन् । काममा खटिनुअघि स्थायी कर्मचारीको जस्तो उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन ।

रिपोर्टअनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण उत्पन्न समस्याबाट मृत्यु भएको हो ।



आयोगले प्रत्येक मृतकको परिवारलाई ३ करोड ६० लाख रुपियाँ क्षतिपूर्ति दिनेछ । यो एक कर्मचारीको एक वर्षको न्यूनतम तलब हो ।

घटनापछि सरकारको एकैचोटि निर्वाचन गर्ने निर्णय व्यावहारिक नभएको र अस्थायी कर्मचारीबाट धेरै अपेक्षा गरेको भन्दै आलोचना भएको छ । २२ मेसम्म मतगणना सकेर परिणाम घोषणा गर्ने निर्वाचन आयोगको योजना छ ।



  • प्रकाशित मिति : वैशाख १५, २०७६ आइतबार १८:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया