[बालुवाटार जग्गा प्रकरण ] माधव नेपालले सचिवालय बैठकमा भने– क–कसको पालामा के निर्णय भयो खोजी गरौं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बालुवाटारको ललिता निवासको जग्गाको विषयमा छलफल भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । 

सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिन बोलाइएको बैठकमा ललिता निवासको जग्गाबारे विभिन्न कुरा आएको भन्दै नेताहरूले के हो भन्ने प्रश्न गरे ।  

पूर्पप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले क–कसको पालामा के निर्णय भयो खोज्नुपर्ने बताए । हाल प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास रहेको ललिता निवासको जग्गा प्रकरणमा नेपाल नेतृत्वको सरकारले गरेको निर्णयमाथि पनि प्रश्न उठेको छ । 

पूर्वप्रशासक शारदाप्रसाद त्रिताल समितिले नै नेपाल सरकारको निर्णय खारेज गर्न सिफारिस गरेपछि केपी ओली नेतृत्वको सरकारले त्यो निर्णय सच्याउनुपर्ने ठहर गरेको छ ।

बालुवाटारको सरकारी जग्गा नेकपा महासचिव विष्णु पौडेलेले किनेको भन्ने खबर सार्वजनिक भएपछि पार्टीभित्र तंरग उत्पन्न भएको छ । नेताहरूले यसको पक्ष र विपक्षमा अभिव्यक्ति दिंदै आएका छन् । 





  • प्रकाशित मिति : वैशाख १६, २०७६ साेमबार १५:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया