ऋषि कपुर क्यान्सरमुक्त !

एजेन्सी– बलिउड अभिनेता ऋषि कपुरले सात महिना यता न्युयोर्कमा आफ्नो उपचार गराइरहेका थिए । अहिलेसम्म उनलाई के भएको थियो भन्ने आधिकारिक रुपमा बताइएको छैन । तर, उनका साथी तथा निर्माता राहुल रवैलले आफ्नो फेसबुकमा एउटा फोटो राख्दै लेखेका छन्– ऋषि कपुर क्यान्सरमुक्त भएका छन् ।

मंगलबार आफ्नो फेसबुक स्टाटस लेख्दै ऋषिलाई क्यान्सर भएको कुरा पनि राहुलले खुलाएका छन् । यसअघि ऋषिलाई के भएको थियो भन्ने बाहिर भनिएको थिएन । तर, उनलाई क्यान्सर भएको हुनसक्ने अनुमान गरिएको थियो । ऋषिका छोरा तथा अभिनेता रणबीर कपुरले सामाजिक सन्जालमा एउटा फोटो राखेकाले ऋषिलाई क्यान्सर भएको अनुमान गरिएको थियो । 

रणबीरले राखेको त्यो फोटो क्यान्सर उपचार सेन्टरअगाडि खिचिएको थियो ।





  • प्रकाशित मिति : वैशाख १७, २०७६ मंगलबार २२:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया