कविता सङ्ग्रह ‘घनश्यामलाई चिठी’ विमोचित

काठमाडौँ– कवि अशोक कुँवर ‘नेत्र’ ले आफ्नो नयाँ कविता सङ्ग्रह  ‘घनश्यामलाई चिठी’ पाठकमाझ ल्याएका छन् । पहिलो कविता सङ्ग्रहको रूपमा  ‘आस्थाका बन्दीहरू’ छ । उनले दश वर्षपछि दोस्रो कविता सङ्ग्रह ‘घनश्यामलाई चिठी’ लेखेका हुन् । 

शनिबार बिडी त्यागी स्मृति केन्द्र, कपनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान वितरण कार्यक्रमसँगै उनको उक्त पुस्तक विमोचन गरिएको हो ।  

नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा क्रियाशील कुँवरको उक्त पुस्तकमा जम्मा ५० कविताहरू सङ्गृहीत छन् ।  पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गरेका थिए भने समालोचक डा. रामप्रसाद ज्ञवालीले शुभकामना मन्तव्य राखे । 
  
कवितामार्फत् समाज परिवर्तन र रूपान्तरणको स्वर उराल्ने कवि कुँवरका ३५ भन्दा बढी प्राज्ञिक पुस्तकहरू, फुटकर रूपमा विभिन्न पत्रपत्रिकाहरूमा कविता, कथा, समालोचना प्रकाशन हुँदै आइरहेका छन् । 

यसका साथै सम्मान सत्रमा प्रदेश नं. ३ का प्रदेश सांसद रामेश्वर फुयाल, साहित्यकारहरू मधुसूदन पाण्डेय, बिमल कोइराला, विश्वप्रेम अधिकारी, यदुनाथ बसन्तपुरे, राधा दुलाल कार्की सम्मानित भए । 

सङ्गृहीत कविताहरूले समसामयिक प्रदूषित राजनीतिक प्रणाली, राजनीतिक दलका नेताहरू, भ्रष्ट प्रशासक, विकृति, विसङ्गति, दुराचार प्रवृत्तिमाथि तिखो व्यङ्ग्य प्रहार गरेको कवि कुवँरले बताए । 





  • प्रकाशित मिति : वैशाख १९, २०७६ बिहीबार ११:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया