केरलामा पनि लगाइयो बुर्कामाथि प्रतिबन्घ

एजेन्सी– केरलाको प्रभावशाली मुस्लिम एजुकेसन सेसाइटीले बिहिबारदेखि लागु हुने गरि बुर्कामाथि प्रतिबन्ध लगाएको छ । 

सोसाइटीले आफ्ना संस्थाहरुमा पढ्न आउने छात्राहरुमाथि यो प्रतिबन्ध लगाएको हो । कपडाले मुख छोप्ने बुर्कामाथि प्रतिबन्ध लगाउन गत वर्ष नै केरलाको उच्च अदालतले आदेश दिएको थियो । 

सोसाइटीले त्यही उच्च अदालतको आदेशको पालना गर्दै आफूहरुले बुर्कामाथि प्रतिबन्ध लगाएको जनाएको छ । टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार यो सोसाइटीमा त्यो क्षेत्रका १५० भन्दा धेरै संस्थाहरु सामेल छन् । यसलाई परिवर्तनकारी विशेष कदमका रुपमा चित्रण गरिएको छ ।

त्यसो त भारतमा पनि विभिन्न राजनीतिक दलहरुले बुर्कामाथि प्रतिबन्ध लगाउनु पर्ने माग गर्दै आएका छन् । केही अघि श्रीलंकामा भएको शृङ्खलाबद्ध विस्फोटपछि श्रीलंकाले पनि बुर्कामाथि प्रतिबन्ध लगाएको छ । 





  • प्रकाशित मिति : वैशाख २०, २०७६ शुक्रबार १०:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया