ट्रम्प र ओलीबाट प्रेसमाथि अधिनायकवादको खतरा

काभ्रे– नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले विश्वभर प्रेसमाथि अधिनायकवादको खतरा रहेको औँल्याएका छन् । प्रेस युनियन काभ्रेको छैटौँ अधिवेशनको प्रमुख अतिथिका रूपमा बोल्दै कोइरालाले यस्तो बताएक हुन् । 

प्रेसमाथि सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दोस्रोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट रहेको बताउँदै कोइरालाले  उनीहरू दुवैले आफूलाई मन नपर्ने समाचार आएपछि क्रूर बन्ने गरेको र आफूबाहेकका सबैलाई असत्य देख्ने गरेको टिप्पणी गरे । 

‘हामी कति निरीह भएछौँ भने अदालतले छाडेको पत्रकारलाई त्यही अदालतपरिसरमा पक्राउ गर्न प्रहरी जान्छ,’ उनले भने, तर, हाम्रा पत्रकार मौन बस्छौँ अनि प्रेस स्वतन्त्रता खोज्छौं !’

नेपालका पत्रकार राज्यसँग डराउने गरेको उल्लेख गर्दै उनले अहिले राजा महेन्द्रको पालाको भन्दा पनि क्रूर शासन चल्न थालेको आरोप लगाए । 





  • प्रकाशित मिति : वैशाख २०, २०७६ शुक्रबार १४:३७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया