के रुसको जासुसी गरिरहेको थियो यो ह्वेल ?

एजेन्सी– के कुनै ह्वेल जासुसीका लागि कुनै एउटा देशले प्रयोग गर्न सक्ला ? 

नसक्ने सम्भावना किन रहेन भने नर्वेका विशेषज्ञहरुले आफ्नो देशको समुद्री किनारमा भेटिएको एउटा सेतो ह्वेललाई रुसको जासुसी भएको हुनसक्ने अनुमान गरेका छन् । नर्वेका विशेषज्ञहरुले त्यो ह्वेललाई रुसले तालिम दिएको हुनसक्ने समेत अनुमान गरेका छन् ।

समुद्री जनावरका विशेषज्ञ मानिने प्रोफेसर अदुन रिकर्डसनले भनेका छन् कि यो ह्वेलको शरीरमा एउटा गोप्रो क्यामरा राखिएको थियो र एउटा चिप लगाइएको थियो जुन सेन्ट पिटर्सबर्गबाट सन्चालित थियो ।

ह्वेल जुन क्षेत्रमा समातिएको थियो, त्यहाँ नै रुसी नौसेना अड्डा भएकाले पनि ह्वेललाई रुसी जासुसका रुपमा चित्रण गरिएको छ ।

नर्वेको एउटा मिडियाले एउटा भिडियो सार्वजनिक गरेको जसमा सेतो ह्वेलको शरीरबाट एउटा पट्टा निकालिएको छ । यही पट्टामा गोप्रो क्यामेरा र चिप्स भेटिएको बताइएको छ । रिकर्डसनले बिबिसीलाई भनेका छन् कि सेतो ह्वेलको शरीरबाट रुसी सेनाले केही समययता सेता ह्वेलहरुलाई तालिम दिन सुरु गरेका छन् ।

तर, रुसका अधिकारीहरुले आफूहरुले डल्फिनलाई तालिम दिने गरेको भए पनि ह्वेललाई प्रयोग नगरेको बताएका छन् । पहिले युक्रेनमा पर्ने एउटा डल्फिन ट्रेनिङ सेन्टर चाहिँ अहिले रुसले सन्चालन गरिरहेको छ । 



त्यसो त युद्धमा समुद्री जीवको प्रयोग यसअघि पनि भएका थिए । शीत युद्धको समयमा अमेरिकीले क्यालिफोर्नियामा डल्फिन र जल सिंहलाई तालिम दिन थालेको थियो । सन् २००३ मा पनि अमेरिकी सेनाले विस्फोटक पदार्थको पत्ता लगाउन डल्फिनको सहयोग लिएका थिए ।



  • प्रकाशित मिति : वैशाख २१, २०७६ शनिबार १७:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया