दिल्लीका मुख्यमन्त्रीलाई झापड, भाजपामाथि आरोप

एजेन्सी– दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई शनिबार एक र्यालीमा अज्ञात व्यक्तिले आक्रमण गरेका छन् । ती व्यक्तिले केजरीवालले सम्बोधन गरिरहेको समयमा थप्पड हानेका हुन् । 

पश्चिम दिल्लीको मोतीनगर भन्ने ठाउँमा पार्टीका उम्मेदवारका लागि प्रचारमा हिँडेका केजरीवाललाई थप्पड हानिएको हो । केजरीवाल एउटा जिपमा बसेर त्यति बेला सम्बोधन गरिरहेका थिए । उनलाई थप्पड हान्ने व्यक्ति अटो चालक भएको बताइएको छ ।

आम आदमी पार्टीले यसका लागि भारतीय जनता पार्टीलाई आरोप लगाएको छ । उसले लेखेको छ, ‘यो अरविन्द केजरीवालमाथिको आक्रमण होइन, यो त दिल्लीको जनमतमाथिको आक्रमण हो । दिल्लीका जनताले १२ मेमा यसको जवाफ राम्रोसँग दिनेछन् ।’ १२ मेमा दिल्लीमा लोकसभा निर्वाचन हुँदै छ । 

केजरीवाल सरकारका मन्त्री मनीष सिसोदियाले त भाजपाका नेता नरेन्द्र मोदी र अमित शाहले अब केजरीवालको हत्या गर्न चाहेका हुन् त भन्ने प्रश्न पनि गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख २२, २०७६ आइतबार ८:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया