‘मेरो सरकार’मा रामकुमारीको फरक मत

काठमाडौं– आगामि आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दावलीप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरुबीच मतभेद देखिएको छ । नेकपाका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार प्रयोग गर्न नहुने तर्क राखिरहेका छन् । तर, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले यसको बचाउ गर्दै अन्य देशमा पनि मेरो सरकार राख्ने प्रचलन रहेको बताएका छन् । 

उता, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मेरो सरकार आफूलाई थाहा नदिइ घुसाइएको अभिव्यक्ति दिएका छन् । शनिबार आयोजना गरिएको नेकपाको संसदीय दलको बैठकमा प्रचण्डले आफूले पढ्दा नीति तथा कार्यक्रममा मेरो सरकार उल्लेख नभएको बताएका हुन् । 

नेकपा नेता रामकुमारी झाँक्रीले पनि यसमा आफूले फरक मत राख्ने बताएकी छिन् । शनिबार अबेर सामाजिक सन्जालहरुमा झाँक्रीले अन्य देशका प्रमुखहरुले मेरो सरकार भन्ने गरेको चलन छ भन्ने कुरामा आफू सहमत हुन नसकेको बताएकी छिन् । उनले नीति तथा कार्यक्रम पास गर्न भोट त गर्ने तर यसमा आफूले फरक मत राखेको बताएकी छिन् ।

 





  • प्रकाशित मिति : वैशाख २२, २०७६ आइतबार १०:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया