नीति तथा कार्यक्रममाथि संसद्मा कसले के भने ?

काठमाडौँ– सरकारको नीति तथा कार्यक्रको प्रतिनिधिसभामा पक्ष विपक्षमा छलफल भएको छ । नीति तथा कार्यक्रममा सत्तापक्षका नेताहरूले पक्षमा बोले भने प्रतिपक्ष नेपाली काँग्रेससहितका नेतारूदे विपक्षमा आफ्ना भनाई राखे । सत्तारू ढ तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नीति तथा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै सरकारले राम्रो काम गरे पनि त्यसको आलोचना र विराध हुने गरेको बताए । संसद्मा नेपाली काँग्रेसमा नेता प्रकाशमान सिंह, बालकृष्ण खाँडले बोलेका थिए । सांसद्हरू उमाशंकर काठघरिया, देवेन्द्र पौडेल, उमा सुवेदीले पनि नीति तथा कार्यक्रममाथि बोलेका थिए । 


बालकृष्ण खाँड

नेपाली कांग्रेसले संशोधन प्रस्ताव ल्याएको छ । संघीय लोकतन्त्रमा जुन किसिमले आएको थियो त्यसरी आएको छैन । नीतिकार्यक्रमले संविधानको विपरीत भएको छ । राष्ट्रपतिले मेरो सरकार भनेको कुराप्रति आलोचना गरे । उनले भने हाम्रो संविधानमा मेरो सरकार कहिँ पनि उल्लेख भएको छैन । नेपाल सरकारले गर्नेछ भन्ने ठाउँमा मेरो सरकार भन्न मिल्दैन । तर संविधानको जगमा उभिएको राष्ट्रपतिले मेरो सरकार भन्नु कत्तिको जायज छ ? दिउँसै सपना नदेखियोस् । आफूले गर्न नसक्ने कामको सपना देख्ने । गत बर्ष लुम्बीनी, पोखरा रेल, गौतमबुद्ध एयरओर्ट पनि सधै एक वर्ष भित्रै गर्ने भने । कुन एकवर्ष भित्र हो ।

उमाशंकर काठघरिया

जलविद्युत, कृषि, आदिमा जोड दिइएको छ  । यो क्षेत्रमा जोड नदिए देशको विकास हुन सक्दैन । नेपाल बनाउनका निम्ति संघीय समाजबादी फोरमलाई जनताले मानेको छ । थारू  मधेशी जनजातीको आन्दोलनको बारेमा छलफल गर्नुपर्ने छ तर यो नीतिकार्यक्रममा आएको छैन । कृषि, विद्युत आदिमा जुन योजना छ त्यसको पूर्ण समर्थन छ । उनले अरू लाई पनि समर्थनका लागि आग्रहा गरे । जनसंख्याका आधारमा प्रदेशका बजेत तर्जूमा होस् । 

देवेन्द्रराज पौडेल
समृद्ध नेपाल सुखी नेपाल बनाउनका लागि मेरो सरकारले कदम चालेको छ भन्ने वाक्यले फेरी पुरानै तनासहाप्रवृति अगाडि सारेको छ । विश्व स्वास्थ्य संगठनका आधारमा प्रत्येक दिन लगभग ८०० महिलाहरू को मृत्यु हुने गर्छ । त्यस्तो अवस्थामा मृत्युवरण गर्ने महिलाका अवस्था समान्य बनाउन के गर्ने त्यो काम गरे राम्रो । मदन भण्डारीको नाममा  विश्वविद्यालय खोल्ने योजना बनाएको छ । तर उनको हत्यामा संलग्न हत्यारालाई किन पत्ता लागाउन सकिएको छैन । सुकुम्बासीहरूको मुद्दा उठाइएका छैनन् ।



उमा सुवेदी 
नीती कार्यत्रक्रम अलि बढी महत्वकांक्षा, संघीयतालाई आत्मसाथ गर्नसकेको छैन । गणतन्त्र नेपालमा पुराना प्रवृति नआओस् । भ्रष्टाचारको गर्तमा डुबेको छ । महिला हिंसाको अन्त्य कहिले ? निर्मलाले कहिले न्याय पाउने ? 



  • प्रकाशित मिति : वैशाख २४, २०७६ मंगलबार १३:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया