डिप्रेसनबाट मुक्तिका लागि बिकिनी योगको सहारा लिइन् ब्रिट्नीले

एजेन्सी– कुनै समय आफ्नो गायनले हलिउडमा एकछत्र राज गरेकी ब्रिट्नी स्पेयर्स अहिले इन्टरनेटमा छाएकी छिन् । डिप्रेसनबाट मुक्तिका लागि बिकिनी लगाएर योग गर्दै गरेको उनका फोटा भाइरल भएका छन् । 

डिप्रेसनपछि लामो समयको रिह्याबबाट निस्किएर उनले योग गर्न थालेकी हुन् । ब्रिट्नी आफैँले योग गर्दै गरेको भिडियो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेपछि यतिवेला इन्टरनेटमा भाइरल भइरहेको छ ।

प्रशंसकले तस्बिरमा ब्रिटनीको निकै तारिफ गरिरहेका छन् । कतिले  ‘क्विन इज ब्याक’ (रानीको फिर्ती) लेखेका छन् भने कतिले उनको फिटनेसको तारिफ गरिरहेका छन् ।



बुबाको मृत्युपछि डिप्रेसनमा गएकी ब्रिटनी त्यसबाट निस्कनका लागि ब्रिटनी रिह्याब सेन्टर गएकी थिइन् । अहिले ब्रिटनी रिह्याबबाट फिर्ता भइसकेकी छिन् । 



  • प्रकाशित मिति : वैशाख २४, २०७६ मंगलबार १४:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया