प्रतिपक्षको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । 

मंगलबारको संसदको वैठकमा  प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोधमा उत्रिएका कांग्रेसका सांसदहरू उठिरहे पनि सभामुख कृष्णबहादुर महराले सरकार नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । 

सभामुख महराले ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे । कांग्रेस सांसदलाई पटक–पटक बस्न आग्रह गरेपनि नमानेपछि सभामुख महराले संसदको कारवाही अघि बढाएका थिए । 

त्यसपछि महराले नीति तथा कार्यक्रममाथि प्रतिपक्षी नेपाली कांग्रेसले पेश गरेको संशोधन प्रस्ताव फिर्ता लिन कांग्रेस नेता मिनेन्द्र रिजाललाइृ समय दिए । तर,कांग्रेसले प्रस्ताव फिर्ता लिएन । उल्टै मिनेन्द्र रिजाल सभामुख महराले संसदको गरिमा कायम गर्न नसकेको भन्दै कुनै पनि हालतमा प्रस्ताव फिर्ता नलिने बरु जनतामाझ लैजाने अभिव्यक्ति दिए ।

सभामुखमहराले प्रतिपक्षीको विरोधकाबीच संसदको कारबाही अन्त्य गरे ।  प्रतिनिधिसभाको अर्को बैठक वैशाख २७ गते शुक्रबार बिहान ११ बजे बस्नेछ । 





  • प्रकाशित मिति : वैशाख २४, २०७६ मंगलबार १६:४०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया